स्वीट्जरल्याण्डका राजदूत क्यापेलरले गरे राष्ट्रपति पौडेलसँग भेट
२०८० जेठ २६ गते

काठमाडौँ । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एच ई एलिजाबेथ भोन क्यापेलरले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार विदाई भेट गरेका छन् । राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट भएको हो ।
यसै अवसरमा नेपाल र स्वीट्जरल्याण्डका बिच रही आएको द्विपक्षीय सम्बन्ध , आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार राष्ट्रपतिले राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत दिएका छन् ।
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








