देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए ।

उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताए । उनले जनतालाई पीडा दिने र शोषक सामन्तहरू र दलाल पुँजीहरू हाबी हुन पुग्ने र इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

उनले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहाहरू अझै दलाल पुँजीहरू हाबी हुन पुग्ने,  इमान्दार र असल  पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसको परिवर्तन गर्न चाहन्छौँ । असल बन्नसके, भ्रष्टाचारका विरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ । भुटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरू बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सल्बलाएको बताए । उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *