काठमाडौंको ठमेलमा युवतीको हत्या, सँगै बस्ने युवक पक्राउ

काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ। मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।

उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ।

एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो।

मापसे गरेका उनले कुटपिट गरी गम्भीर घाइते तामाङलाई साढे ३ बजे उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *