मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग मौखिक सहमति गरेको बताईएको छ।

मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् ।

२१ वर्षसम्म खेलेको बार्सिलोना त्यागेर उनी सन् २०२१ मा पिएसजी पुगेका थिए ।

उनी रहँदा दुवै सिजन पिएसजीले फ्रेञ्च लिग जितेको थियो ।

अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए ।

विश्वकप विजेता मेस्सीले हालै बार्सिलोना र साउदी अरेबियाको अल हिलालको प्रस्ताव अस्विकार गरेका थिए।

उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ ।

सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।

उनले अर्को सिजन पनि युरोपमै खेल्न चाहेका थिए । तर युरोपेली क्लबबाट सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल(हिलाल मध्ये एक रोज्नु पर्ने बाध्यता थियो ।

मियामीको जीवन शैली, विश्वकै ठूला ब्राण्ड एडिडास र एप्पलसँगको सम्झौता लगायतका कारणले उनी अमेरिकामा लोभिएको हुन सक्ने बिबिसीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *