काेशी सरकार छाड्न एमालेलाई कांग्रेसको दबाबमूलक विज्ञप्ति

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सभालाई अन्योलमा राख्नु नहुने बताएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक पछि संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले एक विज्ञप्ति जारी गर्दै नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजेको आरोप लगाएका छन् ।

१४ जेठदेखि कोशी प्रदेश सभाको दास्रो तथा बजेट अधिवेशन चालु रहेको छ । सरकारमा रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट पनि बाहिरिएको अवस्था छ । यो अवश्थामा सरकार अल्पमतमा परेको विज्ञप्तिमा उल्लेख छ ।

बजेटको समयमा अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुको साटो जेठ २३ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र प्रदेशमा अझ झन् समस्या थप्नतिर उद्धत भएको कांग्रेसले आरोप लगाएको छ ।

‘प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत ल्याउनका लागि गरिएको यो गलत कदमप्रति नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको आवाज उठाउने ठाउँ संसद हो, विज्ञप्तिमा भनिएको छ, सांसदले सरकारलाई नागरिक प्रति उत्तरदायी हुन बाध्य गराउँदछ, लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरूप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न गर्न आग्रह गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *