पहिचान पक्षधरसँग वार्ता गर्न काेशी प्रदेश सरकारले बनायाे समिति

काठमाडाैँ । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेकाे छ । बुधबार बसेकाे प्रदेश मन्त्रिपरिषद्काे बैठकले यस्ताे वार्ता समिति गठनकाे निर्णय गरेकाे हाे ।

सरकारले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री तीलकुमार मेन्यङवाेकाे नेतृत्वमा तीन सदस्य वार्ता टाेली गठन गरेकाे हाे ।

समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटाैला रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *