संसद्मा बजेटमाथिको छलफलले निरन्तरता पाउने
२०८० जेठ २४ गते

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् भने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








