रियल मड्रिडबाट बाहिरिएका बेन्जमा भित्र्यायो अल इतिहादले

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिग च्याम्पियन अल इतिहादमा भित्रिएका छन् ।  बेन्जमाले अल इतिहादसँग तीन वर्षको औपचारिक सम्झौता गरेका हुन् ।

अल इतिहादले बेन्जमालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ । बेन्जमालाई अल इतिहादले प्रति सिजन २१३ मिलियन डलरमा भित्र्याएको हाे । अल इतिहादले पोस्ट गरेको भिडियोमा बेन्जमाले यो आफ्नो लागि नयाँ चुनौती भएको बताउँदै क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी भएको लिगमा आफू आएको बताएका छन् ।

बेन्जमालाई इतिहादले जेहादस्थित आफ्नो स्टेडियममा आफ्ना फ्यानहरूको अगाडी स्वागत गर्ने तयारी गरेको छ । यसअघि पछिल्लो उनले १४ सिजनदेखि खेलिरहेको क्लब रियल म्याड्रिड छोड्ने निर्णय गरेका थिए । आइतबार राति सम्पन्न ला लिगाको एथलेटिक क्लबविरुद्धको खेल नै  बेन्जमाको रियलमा अन्तिम खेल भएको छ । १-१ गोलको बराबरी भएको सो खेलमा बेन्जमा रियलका लागि अन्तिम गोल गरेका थिए ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४८ खेलमा ३५४ गोल गरेका छन् । उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरू रहेका छन् । लियोनेल मेसी, सर्जियो रामोस, एन्गोलो कान्टे जस्ता खेलाडी साउदी प्रो लिगसँग जोडिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *