कविताको शव जंगलमा गाडिएको भेटियो, ससुरा र छोरा अझै बेपत्ता
२०८० जेठ २३ गते

५ दिनदेखि बेपत्ता महिलाको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको छ।
कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा गौरीगंगा नगरपालिका–१ की २७ वर्षीया कविता बुढाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार घरदेखि करिब २ किलोमिटर टाढा केदारेश्वर सामुदायिक वनमा शव गाडिएको फेला परेको हो।
सोमबार बिहान कविताका दाजुले उनी, उनका छोरा ८ वर्षीय डण्डीराज बुढा र ससुरा ५२ वर्षीय दिलिप सिह बुढा हराएको खबर इलाका प्रहरी कार्यालयलाई गराएका थिए। प्रहरीका अनुसार उनीहरू १८ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
तीन जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो। उनको हत्यामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ।
२०८० जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








