बजेटमा करका दर राष्कृष्ण श्रेष्ठलाई टाइप गर्न दिएको मात्र हो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे । उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए ।

अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए । उनले आफ्नो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे । इमान्दारिता कायम राखेकाले स्वार्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए । उनले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गरे ।

त्यस्तै,अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताए । उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरे । उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गरे । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *