बजेटमा करका दर फेर्न अनधिकृत व्यक्तिकाे प्रवेश सत्य भए रास्वपाले विरोध गर्छः डा. वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. वाग्लले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको बताए । उनले करका दरमा नीति भ्रष्टाचार हुन नहुने बताए । उनले यदी करका दरमा गत वर्षको जस्तो भएको सत्य भए संसदमा गम्भिर रुपमा उठाउने बताए । उनले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरु आएको बताए । करका दर हेरफेर गत वर्षको नीति परिवर्तन नगरेका गुनासोहरु पनि आउन थालेको बताए ।

उनले सरकारको विद्युतीय सवारी साधनमा लिने अस्थिर करका दरले समस्या बनाएको बताए । सरकारले विद्युतीय सवारी साधनमा स्थिर करका दर कायम गर्न आवश्यक रहेको उनको भनाइ छ । विद्युतीय सवारी साधन व्यवसायीहरुलाई कति कर्मचारी र चाजिङ स्टेसन राख्ने भन्ने अन्योल सिर्जना गरेको उनले बताए ।

उनले गत वर्षदेखि विद्युतीय सवारी साधनमा पनि स्वाथ्यमा आधारित भएर नीतिगत भ्ष्टाचार हुन लागेको बताए । उनले सरकारले सिसिको आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार भएको बताए ।

सरकारले विद्युतीय सवारी साधनमा लगाएको करका दरको वैज्ञानिक आधार नभएको र सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्नेगरी करका दर कायम गर्नु दुर्भाग्य भएको बताए ।

उनले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *