कच्चा पदार्थमा वृद्धि गरेको भन्सार महशुल पुरानै कायम गर्न माग

काठमाडौँ । नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघले सरकारले बजेटमार्फत वृद्धि गरेको घ्यु तेल कच्चा पदार्थको भन्सार महशुल १ प्रतिशत कायम गर्न माग गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघले वर्तमान सरकारले बजेटमार्फत विगतमा घ्यु तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरेको हो । संघका अध्यक्ष विकास दुगडले तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाउनु उपयुक्त नभएको बताए । उनले सरकारले तत्काल सच्याउनुपर्ने माग राखे । उनले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ वटा घ्यु तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताए । उनले भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिने गरेको बताए । उनले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिष्पर्धा गर्न नसक्ने बताए । उनले भारत सरकारले कच्चा तेलको भन्सार महशुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको पनि बताए ।

त्यस्तै, नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले घ्यु तेल उद्योगलाई सरकारले प्रमुख प्राथमिकता दिनुपर्ने बताए । उनले सरकारले घ्यु तेल उद्योगले राज्यलाई बुझाएको राजस्वको मूल्याङ्कन गर्न नसकेको बताए । उनले भन्सार महशुल वृद्धिको कारण पनि निर्यात बढ्न नसकेको बताए । उनले सरकारले घ्यु तेल उद्योगलाई पनि प्राथमिकता दिएर भन्सार महशुलमा बढाउन बताए ।

उनले घ्यु तेल उद्योगले देशमा रोजगारी सिर्जना महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले त्यस्ता उद्योगलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *