ला लिगाको अन्तिम खेलमा बार्सिलोना स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत यस सिजनको अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २-१ गोल अन्तरले पराजित गरेको हो ।

सेल्टा भिगोका लागि गाब्री भेइगाले दुवै गोल गरेका थिए भने बार्सिलोनाका लागि अन्सु फातिले एक गोल फर्काएका थिए ।

यो जितपछि सेल्टा भिगोले ३८ खेलमा ४३ अंकसहित १३औं स्थानमा रहेर यस सिजनको समाप्ति गरेको छ । त्यस्तै यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले भने ३८ खेलमा ८८ अंकसहित यो सिजन समाप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *