काठमाडौंको काँडाघारीमा आगलागी

काठमाडौंको काँडाघारीमा आगलागी भएको छ। आइतबार साँझ त्यहाँस्थित एक घरमा आगलागी भएको काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए।

आगलागिबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको र आगलागीको कारण पनि खुलिनसकेको एसपी रिजालले बताए।

उपत्यकाका दमकल र सुरक्षा निकाय परिचालन गरेर आगो नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *