रियल मड्रिडका स्टार बेन्जिमाले क्लब छाडे

रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले क्लब छाडेका छन्। १४ वर्षपछि स्ट्राइकर बेन्जिमाले रियल छाड्ने निर्णय गरेका हुन्।
सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट उनी रियल मड्रिडमा अनुबन्धन भएका थिए। यो सिजनको अन्त्यसँगै बेन्जिमा अब फ्रि ट्रान्सफरमा अन्य क्लबमा जान पाउने छन्।
रियलमा रहँदा ३५ वर्षीय बेन्जिमाले ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला–लिगा उपाधी जितेका छन्। रियलका कप्तानसमेत रहेका बेन्जिमाले यो सिजन कोपा डेल रे, क्लब वल्र्डकप र यूईएफए सुपर कप जिते।
रियलमा रहँँदा सबै प्रतियोगितामा गरेर २५ उपाधी जितेका छन्। रियलमा रहँदा उनले ६४७ खेल खेल्दै ३५३ गोल गरेका छन्। रियलका लागि रोनाल्डोपछि सबैभन्दा बढी गोल बेन्जिमाले नै गरे।
आइतबार राति एथ्लेटिक बिल्बाओसँगको खेल रियलको जर्सीमा बेन्जिमाको अन्तिम खेल हुनेछ। बेन्जिमाले केही महिना पहिले मात्रै फ्रान्सको टोलीबाट शन्यास घोषणा गरेका थिए।








