नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
२०८० जेठ २१ गते

फाइल फाेटाे
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए ।
उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो
सेटल हुन्छ ।’
प्रतिपक्षी दलहरुको बिरोधका कारण प्रतिनिधि सभाको बैठक साेमबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ ।
२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित









