मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

भारत भ्रमणका क्रममा उनले मोदीलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा गरेका हुन्।

चार दिने भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए।

प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेका थिए। नेपाल भ्रमणलाई मोदीले ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने बताएको प्रचण्डले जानकारी दिए।

जेठ १७ भारत गएका प्रचण्ड शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *