अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धीरबहादुरलाई

पोखरा । अन्नपूर्ण म्याराथनको तेस्रो उपाधी जुम्लाका धीरबहादुर बुढाले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको दौड ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पूरा गर्दै उनले उपाधी उचालेका हुन् । नेपाल आर्मीका होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा दौड पूरा गरी दोस्रो हुँदा आर्मीकै बेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए ।

महिला तर्फ गंगा भण्डारी प्रथम भइन् । उनले ५ घण्टा ४३ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन् । दोस्रो भएकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दौड पूरा गरिन् भने तेस्रो भएकी छोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा पूरा गरिन् ।

महिला तर्फ ११ र पुरुषमा ४५ जना धावक सहभागी थिए । दुवैतर्फ पहिलो हुने धावकले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *