भीमेश्वरमा साहसिक ‘रक क्लाइम्बिङ’ (तस्बिरहरू)

दोलखा । दोलखाको को भीमेश्वर नगरपालिका-२ सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना भएको छ । दोलखा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाइम्बिङ महोत्सव आयोजना गरिएको हो ।

दोलखा बजार चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिक को भिरमा रक क्लाइम्बिङ को दक्ष क्लाइम्बर द्वारा २५ मिटर जति उचाइ लाई अहिले प्रयोजनमा ल्याइएको छ ।

६ महिनादेखि अध्ययन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान) ले अहिले ३ वटा रुट क्लियर गराएर प्रयोगमा ल्याइएको हो ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान ) को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको थियो  ।

सोक्ला पर्यटन विकास समिति अनुसार अब यो भिरलाई महोत्सव पछि पनि निरन्तरता दिएर नेपाल प्रहरी, नेपाल सेनाको लागि परीक्षण स्थल गराउने लगायत अरू योजनाहरू पनि रहेको छ । ‘महोत्सव दिनको लागि मात्र हैन यो अब हामी यहाँ को स्थानीय लाई तालिम दिएर दक्ष गराएर आन्तरिक तथा बाह्य पर्यटक लाई ल्याएर यहाँ क्लाइम्ब गराउने छौँ,’ भन्छन् सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिन ।

उनी भन्छन्, ‘यो महोत्सवले दोलखामा पनि रक क्लाइम्बिङ स्पट छ भनेर सूचना दिन र राजधानी नजिकको रक क्लाइम्बिङ को मुख्य गन्तव्य बनाउन दिन पनि आयोजना गरिएको हो ।’

रक क्लाइम्बिङ गर्न एक जना क्लाइम्बर कम्मरमा हार्नेसमा डोरी बाँधेर चढ्ने गरिन्छ, अर्को एक जना दक्ष व्यक्ति तल डोरी को सहायतामा हुने गर्छ । महोत्सव को प्राविधिक सहयोगी माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान ) का अध्यक्ष सञ्जीव गुरुङ भन्छन्, ‘सोक्ला गाउँ नजिक यो रक क्लाइम्बिङ स्पटले गर्दा सोक्ला गाउँमा होमस्टे गराउने गरी काम अघि बढाउनु पर्छ ।’

सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेको आयोजक संस्थाले जनाएको छ । दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताउँदै सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छ ।

प्रतिक्रिया

One thought on “भीमेश्वरमा साहसिक ‘रक क्लाइम्बिङ’ (तस्बिरहरू)

  1. Ramro kam ko suruwat bhaya cha tara bhimeshower nagarpalikale aafnai thauko dachaya janasaktilai najar andaj gareko cha ma lagayat nepal paryatan lagayat international tourism ma kam gariraheka derai holan ward 2 bata matra pani 4,5 jana chan kahile sodkhoj gareko chhina matra bajet sakaune sakaune paryatan ko nam ma pahile aafno thau ko dachaya bayaktti khojnus sallaha linus hami sallaha sujab dina tayar chau rock climbing matra haina derai kura haru chan tamakoshi ko ta sambabayata aadayan nai gareko full report cha tamakoshi gaupalika sanga milera gareko.

Leave a Reply

Your email address will not be published. Required fields are marked *