नेपालको सबैभन्दा सुरक्षित विघुवित्तीय वालेट भनेकै आइएमई पे

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार सेवाग्रहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्याएर नवीकरण गरेको छ। आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *