मेस्सीले छाडे पीएसजी, अन्तिम खेल शनिबार

अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन यसै सिजनपछि छोड्ने भएका छन्। उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने पक्का भएको छ।

पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियरले बिहिबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीको बहिर्गमन पुष्टि गर्दै पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुने बताए ।

इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएकोमा उनले खुसी व्यक्त गरे।

मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा निशुल्क आवद्ध भएका थिए ।

यसपद्धि मेस्सी कहाँ जान्छन् भन्ने अन्यौल नै छ। उनी बार्सिलोना नै फर्किन सक्ने सम्भावना पनि छ। यस्तै अन्य क्लबले पनि मेसीलाई भित्र्याउन प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *