हर्क साम्पाङ लेख्छन्- हामीले पनि टिस्टा-काँगडा समेटेर ‘अखण्ड नेपाल’ भन्दै नक्सा बनाऔँ

काठमाडौँ । ‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु नाम भएका स्थान राखिएको एउटा भित्तेचित्र हालै उद्घाटित भारतको संसद् भवनमा राखिएपछि नेपालमा त्यसलाई लिएर विरोध भइरहेको छ । लुम्बिनी र कपिलवस्तुमाथि अन्य कुनै देशले दाबी गर्न नमिल्ने प्रतिक्रिया उनीहरूको छ ।

यहीबीच सामाजिक सञ्जालमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालले पनि ‘अखण्ड नेपाल’ भन्दै नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘अब हामीले पनि अखण्ड नेपाल भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्छ,’ हर्क साम्पाङको टिप्पणी छ ।

प्रतिक्रिया

One thought on “हर्क साम्पाङ लेख्छन्- हामीले पनि टिस्टा-काँगडा समेटेर ‘अखण्ड नेपाल’ भन्दै नक्सा बनाऔँ

  1. अब कुन दिन बिहान उठ्दा हाम्रो देश भारत पो भयो अरे भन्ने कुरा मात्र सुन्न बाकी छ । कठै प्रजातन्त्रको उपलब्धि 😪😪😪😪😪😪

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =