कोशी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरियो जसपा
२०८० जेठ १७ गते

काठमाडौँ । कोशी प्रदेश सरकारबाट समर्थन समेत फिर्ता लिएर जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएर आफ्नोतर्फबाट स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएको छ ।
‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो,’ जसपा नेता रकम चेम्जोङले भने, ‘नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’
२०८० जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित









