सुन्दरहरैँचामा प्रथम बलिया महोत्सव हुने

विराटनगर । मोरङको सुन्दर हरैँचामा २१ दिने महोत्सव हुने भएको छ । लागू औषध दुर्व्यसनी मा फसेका व्यक्तिहरूलाई सहयोग जुटाउने उद्देश्यले सुन्दरहरैचा ५  बलियामा  जेठ १९ गते देखि असार ५ गतेसम्म व्यापारी महोत्सव आयोजना हुन लागेको हो ।

मङ्गलवार सुन्दरहरैचाँ स्थित गोकर्ण रिसोर्टमा पत्रकार सम्मेलन गर्दै २१ दिने महोत्सव सुरु गर्न लागिएको जानकारी दिइएको हो । मिलीजुली परिवार क्लबको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा. लि.को व्यवस्थापनमा लागू औषध दुर्व्यसनी मा फसेकाहरूलाई पुनः स्थापनामा जोड दिँदै महोत्सवको आयोजना गर्न लागिएको आयोजक समितिका  सदस्य कपिल बस्नेतले जानकारी दिए ।

महोत्सवमा विभिन्न स्थानीय तथा मौलिक परिकारका स्वादिष्ट खानाका स्टल राखिने साथै महोत्सवलाई मनोरञ्जनात्मक र रोचक बनाउन विभिन्न किसिमका खेलहरू समावेश गरिने, महोत्सवमा हरेक दिन विभिन्न विधाका प्रतिष्ठित, सामाजिक र महत्त्वपूर्ण व्यत्तित्वहरु आउने बताइएको छ ।

महोत्सवमा करिब ४० देखि ५० वटा स्टलहरू रहने र हरेक दिन सांस्कृतिक प्रस्तुति रहने जानकारी दिए । महोत्सवमा हरेक दिन करिब दुई हजार देखि चार हजारसम्म दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *