बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र
२०८० जेठ १५ गते

आगमी आर्थिक वर्षको बजेटमाथी छलफल पछाडी धकेलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका कारण छलफल पछि हुने भएको हो।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए ।
बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने बताए ।
प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणमा पर्सि १७ गते भारत जाँदै छन् । भ्रमणमा अर्थमन्त्री महत लगायत ५ मन्त्री पनि जाने सूची छ।
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








