सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग अनिवार्य

काठमाडौँ । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले  स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्नु पर्ने बताएका हुन् ।
उनले आगामी आर्थिक वर्ष देखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताए । उनले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताए । उनले  सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्न बताए । उनले अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *