सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने

काठमाडौँ । सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ ।

२०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ ।

यसका लागि ४६ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =