स्वरोजगार बन्न चाहने खेलाडीलाई स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा मनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताएका हुन् ।
उनले राष्ट्रिय युवा परिषदमार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने बताए । उनले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तर क्रिकेट रङ्गशालाको रूपमा विकास गर्ने बताए । मुलपानी क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीको फप्ला क्रिकेट रङ्गशाला र काठमाडौँको सुवर्ण समशेर क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्थापन गरेको बताए ।
उनले निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रङ्गशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको बताए । उनले १९ औँ दक्षिण एसियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको पनि बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रूपमा मनाइने छ । खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छु । राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिनेछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रङ्गशालाको रूपमा विकास गरिनेछ । यस रङ्गशालामा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिनेछ । मुलपानी क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गरिनेछ । विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीको फप्ला क्रिकेट रङ्गशाला र काठमाडौँको सुवर्ण समशेर क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छु । निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगन्जको रङ्गशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको छु । १९ औँ दक्षिण एसियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको छु ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *