गण्डकी प्रदेश सरकारले मनायो गणतन्त्र दिवस

पोखरा । गण्डकी सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सोमबार बिहानै लेकसाइड स्थित रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरिएको छ । गण्डकी सरकारले आफु मातहतका कार्यालय र कर्मचारीलाई सम्मान र पुरस्कृत गरेको छ । गणतन्त्र दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् ।

‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ,’ उनले भने । पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाई खानेपानी पर्यावरण लगायत आधारभुत अधिकारलाई ब्यवहारिक रुपमा कार्यन्वयन गर्न सरकार तत्पर रहेको बताए । प्रदेश सरकारले कृषि उत्पादनमा लाग्ने लागत कम गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले लिफ्ट सिंचाईमा लाग्ने विद्युत महशुसल निशुल्क गर्ने, लिफ्टिङ खानेपानी योजनामा पनि विद्युत महशुल निशुल्क गर्ने निर्णय गरेको उनको भनाइ छ ।

उनले सन्तुलित विकास र झन्झटमुक्त सेवा प्रवाहको माग सम्बोधन गर्नु लोकतान्त्रिक सरकारको कर्तब्य भएको भन्दै प्रदेशको सीमित स्रोत साधनबाट अधिकतम सेवा प्रवाह र विकासका काम गर्ने सुनाए । ‘जनअपेक्षा पुरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ, प्रदेश सरकार सिमित स्रोत साधनको तालमेल मिलाउन प्रयासरत छ ,’ उनले अघि थपे ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रको प्रमुख सार प्रदेश संरचनाभित्र रहेकोले प्रदेश सरकारले अधिकतम काम गरेर व्यवहारबाटै संघीयतामा प्रश्न गर्नेलाई जवाफ दिनुपर्ने बताए । कार्यक्रममा प्रदेशभित्रका सर्वोउत्कृष्ट कार्यालय, उत्कृष्ट कार्यालय, राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *