मन्त्रीलाई ‘प्याड’ उपहार !

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड उपहार दिएकी छन् ।

आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदलाई डोटीकी स्वस्तिका खत्रीले प्याड उपहार दिएकी हुन् ।

महिला मात्र नभएर पुरुषहरू पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीलाई प्याड उपहार दिएको खत्रीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *