राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले रेशम चौधरीलाई आममाफी दिने निर्णयको विरोध गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै रास्वपाले राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने बताएको हो।

मिति २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको रास्वपाले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताएको र सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले गणतन्त्र दिवशको अवसरमा सोमबार रेशम चौधरीसहित झण्डै ५ सय कैदीलाई रिहा गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट²पतिले बाँकी कैद मिनाहा गरेर रिहा गर्न लागेका हुन्।

May be an image of text

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =