सरकारले लय समाउन सकेन : इन्द्रबहादुर आङ्बो

विराटनगर। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले लय समाउन नसकेको बताएका छन् ।

अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर मुख्यमन्त्रीलाई बुझाइएको भए पनि त्यो न्यूनतम साझा कार्यक्रमहरू कहाँ गए भन्दै उनले प्रश्न गरे । ‘ मेरो नेतृत्वमा बनेको न्यूनतम साझा कार्यक्रम पनि मन्त्री परिषद्ले अपनत्व लिएर कार्यदल बनाएर समेत जान सकेन, र त्यसको अपनत्व पनि लिन सकेन, आङ्बोले भने, यी सबै औपचारिकताको लागि मात्र न्यूनतम साझा कार्यक्रमको नाममा नाटक गरेको देखियो ।’ न्यूनतम साझा कार्यक्रमलाई पनि सरकारले अनदेखा गरेको देखिएको बताए ।

खेलकुद विकास बोर्डका सदस्य सचिवलाई हटाउने बारेमा हजारौँ उपायहरू हुने गरेको भए पनि कोशी प्रदेश नाम नाम नराखेको भनेर हटाइनु राम्रो काम नभएको बताए । ‘अनियमितताको कारण हटाइएको भनेर भनिएको भए म सम्मान गर्ने थिएँ, उनले भने, कोशी प्रदेश नाम नराखेको भनेर सदस्य सचिव हटाउने काममा सरकारले गम्भीर त्रुटि गरेको छ।’

सरकारमा आएर बसेको, त्योसँगै दायित्वलाई बुझ्न नसकेको आङ्बोले हिक्मतकुमार कार्की नेतृत्वको सरकारको आलोचना गरे । अहिलेको असामान्य अवस्थालाई सामान्यीकरण गर्न उनले आग्रह गरेका छन् । अहिले भइरहेको आन्दोलनलाई वार्ता र संवादको माध्यमाबाट समाधान खोजिनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =