भारत भ्रमणअघि जानकारहरूसँग परामर्श लिँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबारे परामर्श लिँदैछन् । उनले सिंहदरबारमा आज छुट्टाछुट्टै दुई छलफल बोलाएका हुन् ।

दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीसँग परामर्श लिँदैछन् भने लगत्तै ३ः३० बजे कूटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचिव, भारतका लागि पूर्व राजदूतहरू र विज्ञहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए । जेठ १५ गते बजेट सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले यही १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *