ओलीलाई रमेश लेखकको सुझाव : मबाहेक सबै नालायक हुन् भन्ने मानसिकता त्याग्नुस्

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले मात्र राम्रो काम गरेको भन्ने मानसिकता त्याग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लेखकले एमाले अध्यक्ष ओलीको नाम नलिए पनि आफूबाहेक अरु नालायक हुन् भन्ने मानसिकता त्याग्न आग्रह गरे।

‘मैले मात्रै गरेँ, सबै कुरा गरेँ । म बाहेकका सबै नालायक हुन्, निकम्मा हुन्, बेठीक हुन् भन्ने मनस्थितिबाट पनि हामी सबै मुक्त हुनुपर्छ’, लेखकले भने । आफू प्रधानमन्त्री हुँदाको समयमा मात्र सारा काम भए भन्ने मनस्थितिबाट मुक्त हुन ओलीलाई सुझाव दिए।

‘अमुक दुई वर्षमा, अमुक तीन वा चार वर्षमा सारा कामहरु भएका थिए, त्यो भन्दा अगाडि पनि केही भएन, त्यो भन्दा पछाडि पनि केही भएन भन्ने मनस्थितिबाट समेत मुक्त हुनुपर्छ’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले भने।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेको कामको लामो व्याख्या गर्दै अहिलेको सरकारले नयाँ कार्यक्रम केही ल्याउन नसकेको टिप्पणी गरेका थिए ।

एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेता लेखकले कतिपय नेताले ब्रम्हाण्डको रचना पनि आफ्नै कालमा भएको हो भन्न मात्र बाँकी राखेको बताए। ‘कतिपय नेताले बोल्दै गर्दा त अब भन्नुहुन्छ भन्नुहन्छ लाग्छ– यो तीन वर्षमा ब्रमाण्डको रचना पनि त्यसै बेला भएको हो । त्यो भन्दा अगाडि ब्रमाण्ड थिएन भन्ने मात्रै छृुटाउनु हुन्छ र अरु सबैले केही गरेन भन्ने ठान्नुहुन्छ’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =