चरा ठोक्किएको आशंकामा काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको बेंगलोर उडेको जहाज

काठमाडौँबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो १:४५ बजे काठमाडौँबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमानमा चरा ठोक्किएको आशंका भएपछी त्रिभुवन विमानस्थलमा नै फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घण्टाअघि विमानस्थलमा अवतरण गरेको हो ।

सिटौला भन्छन्, जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले प्राविधिकहरूले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *