नीरफुलमा जीवन्त अभिनय गर्न पाएँ : दयाहाङ

काठमाडौँ । सामाजिक कथावस्तुमा आधारित चलचित्र जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो ।

निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प,भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचित्रमा सो अवसर पाएको बताए । चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको उनको भनाई छ ।

त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरू झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताए । चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको संघर्षलाई देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ । रुवि भ्याली र काठमाडौँमा छायांकन गरिएको चलचित्र नीर फुलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको छ भने प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *