सभामुखले मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए बैठक चल्ने थियो : रामहरी खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद् बैठक चल्ने धारणा राखेका छन् ।

उनले संसद् नचलाउने नियत देखिएको बताए । उनले भुटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताए ।

उनले भने ‘सभामुखले सुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरू आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन सुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो, कसको हो थाहा छैन, किन नियत देखियो थाहा छैन । भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *