केपी ओलीमाथि लगाइएको भ्रष्टाचार आरोपको जवाफ बिना संसद् चल्न दिँदैनौ : पदम गिरी

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सांसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै सरकारको जवाफको माग गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुरुवमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद् बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे ।


उनले सत्ता पक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफ बिना संसद् चल्न नदिने स्पष्ट पारे ।

उनी भन्छन् – ‘पछिल्लो समय हामी देख्दैनौँ, सदनभित्र भ्रष्टाचारका विषयहरू मन लाग्दो गरी खास गरी संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न विषयमा प्रश्नहरू औँल्याउने गर्छ । प्रश्न सोध्ने गर्छ । घच्घचाउने गर्छ । यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिना आधार, बिना प्रमाण, सत्ता पक्षका माननीयज्यूहरूले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोष्टमबाट बताइन्छ । यतिसम्म भएको छ । अस्ति मात्र जेठको १० गते यही रोष्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा(एमाले)को सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भीर आरोप यही सदनमा लगाउनुभएको छ । हामी भन्न चाहन्छौँ यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाउने कुरा कदापि हामीलाई स्वीकार्य हुन सक्दैन । हामी यसलाई निन्दा गर्न चाहन्छौँ । यसलाई हामी भर्त्सना पनि गर्न चाहन्छौँ । म भन्न चाहन्छु, यदि पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ । यथार्थ कुरा के हो सदनमार्फत आम नेपाली जनतालाई यसको विषयमा बुझ्न पाउनुपर्छ । सरकारले यो विषयमा जवाफ देओस् । यो विषयमा जवाफ नआउँदासम्म यो सदन एक इन्च पनि अगाडी बढ्न सक्ने अवस्था छैन ।’

एमालेले विरोध जनाएसँगै संसद् बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *