विद्यालयको लापरबाहीले ११ हजार भोल्टको तारमा करेन्ट लागेर कक्षा १० विद्यार्थीको मृत्यु 

जनकपुरधाम । सप्तरीको राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युतको पोलमा हुकिङ गर्ने क्रममा सो विद्यालयमा अध्ययनरत राजगढ गाउँपालिका १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादवको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद प्रतियोगितामा साउन्ड बजाउन स्कुलकै शिक्षकले विद्यार्थी पेशलानन्दलाई विद्युतको पोलमा हुकिङ गर्न भनेका थिए । उनको पोलमा डायरेक्ट तार जोड्ने क्रममा करेन्ट लागेको हो । घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लग्ने बित्तिकै मृत्यु भयो ।

विद्यार्थी पेशलानन्दलाई ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले विद्यार्थीको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *