मुलुक संविधान बन्नुअघिको दशक जस्तै गोल-चक्करमा फस्दैछ : विष्णु रिमाल 

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले मुलुक गोल-चक्करमा फस्न सक्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत देश मुलुक संविधान बन्नुअघिको दशक जस्तै गोल-चक्करमा फस्ने सक्ने बताएका हुन् ।

समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन झुट्टा सूचनामा ब्रेक लगाउनुपर्ने उनको तर्क छ । ‘संविधान बन्नु अघिको दशकमा यस्तै भएको थियो । अहिले हामी फेरि त्यस्तै गोल-चक्करमा फस्दै छौँ । समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन पहिलो काम झुट्टा सूचनामा ब्रेक लगाउनु पर्छ । अफवाहप्रति सचेत बन्नु पर्छ, बनाउनुपर्छ । सत्य स्थापित भए मात्र इरिटेशन रोक्न सकिन्छ, आशा जगाउन सकिन्छ,’  उपमहासचिव रिमालले भनेका छन् ।

उनले जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुने गरेको बताए । ‘जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुन्छ । अस्थिरतामा मिसइन्फरमेशनको बजार हुन्छ । अस्थिरबाट लाभ लिन सक्छु भन्नेले डिस्इन्फरमेशन फैलाउन थाल्छ,’ उनले अगाडि भनेका छन्, ‘जब जनमत भ्रमित हुन्छ । यसले झन् अन्योल र निराशा फैलिन्छ । झन् धेरै समस्या, टकराब र विनाश तर्फ समाजलाई लैजान्छ । व्यक्तिका सपना मर्न थाल्छ । समाजमा विना मियोको दाइँ सुरु हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *