म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हरायो, भयो च्याम्पियन्स लिगमा छनोट

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि सानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर चेल्सीलाई ४–१ ले पराजित गरेको हो ।

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे भने जोओ फ्लेक्सले सान्त्वना गोख फर्काए ।

यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ साथै  अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ । यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ । उसले अब एफएपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *