सातदोबाटोलाई हराउँदै फ्रेण्ड्सले छाड्यो रेलिगेसन जोन

शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ।

एन्फा मुख्यालयमा बिहीबार भएको खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ३ अंक बटुलेको हो ।

फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे ।

जारी लिगमा छैटौं जित निकालेको फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा छ। फ्रेण्ड्सभन्दा मुनि संकटा क्लब र एफसी खुमलटार छन् । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ र उ अंक तालिकाको पाँचौ स्थानमा छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *