भारत र अस्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाडौँ । आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो ।

सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताएका छन् । उनले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने बताए । क्षेत्रीय स्थिरता, विश्व शान्ति र कल्याणसँग पनि भारत र अष्ट्रेलियाको सम्बन्ध जोडिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *