पानीको स्रोत सफा गरिने पर्व सिथि नखः (तस्बिरहरू)

२०८० जेठ ११ गते

काठमाडौँ । नेवार समुदायले आज धूमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रूपमा समेत मनाउँछन् ।
बर्सातको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।
हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखोको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।

२०८० जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित