ग्यास लिक भएर आगो लाग्दा गम्भीर भएको ठगुन्नाको मृत्यु

काठमाडौँ । दार्चुलामा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाइते भएका एक वृद्धको उपचारका क्रममा ज्यान गएको छ । कञ्च्नपुरको नौगाड गाउँपालिका-३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो ।

बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना गम्भिर घाइते भएका थिए । ठगुन्नाको उपचारका क्रममा नेपालगञ्जस्थित अस्पतालमा गए राति मृत्यु भएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहराले जानकारी दिएका छन् ।

घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *