इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौँ । इन्टरमिलानले कोपा इटालियाको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो ।

इन्टर मिलानको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका हुन् । उनले २९ र ३७औं मिनेटमा गोल गरेका थिए । यस अघि खेलको तेस्रो मिनेटमा नै निकोलास गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाए पनि सो अग्रता जोगाउन असफल भएको थियो ।

यो सँगै इन्टर मिलानले कोपा इटालियाको उपाधि नवौं पटक जितेको छ ।

कोपा इटालियाको उपाधि सबै भन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले १४ पटक यो उपाधि जितेको छ भने रोमा र इन्टर मिलानले यो ९-९ पटक जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *