जलनका बिरामीलाई पनि क्यान्सर सरह आर्थिक सहयोग उपलब्ध गराउँ : चन्द्र भण्डारी (भिडिओ) 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका बिरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले सो माग राखे ।

गरिब मानिसहरू नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो ।

सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले आफू सौभाग्यवश बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए ।

उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एसियाकै सबल हुने दाबी समेत गरे । सांसद भण्डारीले कीर्तिपुर बर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले ग्याँसमा स्वचालित रेगुलर राख्नुपर्ने व्यवस्था अनिवार्य हुने गरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद भण्डारी भन्छन्, ‘नेपालको वर्तमान अवस्था, परिवेश, नेपाली जनताले भोगिरहेका समस्याहरू र सरकारले गर्नुपर्ने सम्बोधनमा बारेमा मलाई केही बोल्ने अवसर पार्टी वा सभामुख महोदयबाट उपलब्ध  गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । म पौष ३ गते जलन केशबाट जुन मैले परिवेश व्यहोर्नु प¥यो । जुन शारीरिक अवस्थामा पुग्नु प¥यो । त्यो अवस्था धेरै नेपालीहरूले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नु भएको थियो । अहिलेको वर्षमा १÷२ दिन अगाडिबाहेक मेरो आमा थपिँदा ११० जना पुगेको थियो । र, जलन केश देशभरी फैलिएको छ । हामीले जसरी विज्ञानको विकास ग¥यौं । गाउँगाउँमा ग्याँस पुग्यो । गाउँगाउँका बिजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरू गए । तर हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन रु भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । विश्वमा बसहरू बच्चाहरू स्कुल जाँदा कसरी क्रस गर्ने वा ग्याँस कसरी बाल्ने वा बिजुली कसरी बाल्ने रु सानो बच्चाले पढ्न पाउँछन विश्वका अरू देशहरूमा । तर हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान भएन । सबैले ठूला ट्रक र डोजरहरू नदीको किनारमा देख्दछन् । तर त्यही नदीको किनारमा एउटा गरिब जनताले बालुवा चालेर गिटी निकालेको मान्छेलाई देख्दैनन् । त्यही मान्छेले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही व्यक्तिले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामी देख्दा डोजर देख्छौँ, जसले बालुवा धेरै उठाउन सक्छ । तर, जसले हामीलाई मत दिन्छ, उसलाई देख्न सक्दैनौँ । यो अवस्था सबै क्षेत्रमा नेपालमा भयो । त्यस आधारमा त्यसको भिकटिम पनि हामी भयौं । र, आज मलाई यो बेलामा राखौँ जस्तो लाग्यो । यस अवसरमा मलाई रेस्क्यू गरेर मलाई अवस्थामा ल्याएर बोल्ने बनाउने वर्तमान सरकार, माननीय सभासद्ज्यूहरू, शुभचिन्तकज्यूहरु, र डाक्टरहरू र स्वास्थ्यकर्मीजीहरू । र, जसले मलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्नु भयो । म सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । सभामुख महोदय, छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरूले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिस मात्रै भेन्टिलेटरमा गएर बाँचेको रहेछ । त्यसमध्ये म एउटा नेपाली सौभाग्यले बाँचेर आएको बोल्न पाएको छु । सभामुख महोदय, यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरू देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरू, डाक्टरहह्रु कम छैनन् । यदि कन्फिडेन्स डाक्टरहरू छन्, म जुन हस्पिटलमा गएँ, जम्मा बाबुछोराले चलाउनु भएको हस्पिटल । एसियाको सबैभन्दा राम्रो हस्पिटल भन्नु हुन्छ । बाबुछोराले चलाउनु भएको छ । डाक्टर त हाम्रो कीर्तिपुरमा ११÷१२ जना हुनुहुन्छ । सुष्मा ट्रस्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यस्तो छ । यस कारण मैले आउँदाआउँदै पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौँ भने एसियाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसाबले पनि, खर्चको हिसाबले पनि । यो अनुरोध मैले प्रधानमन्त्रीजीलाई गर्ने अवस्था पाएँ । त्यस कारणले यसका निम्ति के गर्नु पर्छ रु हामीले पहिला, जो हामीलाई थामी रहेका छ, कीर्तिपुर र सुष्माले । अहिले एउटा हामीलाई भवनको आवश्यकता रहेछ । दोस्रो, हामीले जो बिरामी छन् । क्यान्सरको बिरामीलाई, हर्टको बिरामीलाई, किड्नीको बिरामीलाई हामीले जुन सहयोग गर्छौ । त्यो सहयोगमा यो जलनको बिरामीलाई पनि जोड दिन पर्ने रहेछ । यो केशमा धेरैजसो रिमोटको, गरिवको बच्चाहरू, गरिब मानिसहरू यसमा पर्दो रहेछ । त्यस कारणले सभामुखज्यूमार्फत मैले सरकारलाई यो अनुरोध गरेँ । सबै नेपालीको । यसमा धेरै ठूलो दर्द लुकेको छ भन्ने कुरा राख्न चाहेँ । तेस्रो कुरा पाठ्यक्रममा कमसेकम बिजुली बाल्दा, ग्याँस बाल्दा, बाटो क्रम गर्दा त हाम्रो पाठ्यक्रममा हुनु प¥यो नि । हाम्रा सात वर्षका बच्चाले त जान्न प¥यो नि । हामीले रोजेको विज्ञहरू यीनै हुन रु हामीले मानेका व्यक्ति यिनै हुन रु यिनका भाषण सुन्नु पर्ने, यिनका कुरा सुन्नु पर्ने, यिनले लेखेका किताब पढ्नुपर्ने, तर कमन पिपुलहरुलाई यति पनि नगर्ने भनेपछि हामी कति पछि होउँला रु यो कुरा सबैभन्दा महत्त्वपूर्ण छ । अर्को कुरा ग्याँस उद्योगहरूलाई रेगुलर, स्वचालित रेगुलेटरहरु पाइँदो रहेछ । सरकारले कानुन बनाएर रेगुलर स्वचालित भए त अरू रेगुलर राख्न पाइन्न भने त यसको केश नै कम हुन्छ नि । यसलाई कानुन बनाउनका निम्ति पनि सभामुखज्यूमार्फत मैले चाहिँ आग्रह गर्न चाहेँ, सरकारलाई आग्रह गर्न चाहेँ । ’

त्यस अवसरमा सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरू, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =