बाजुरापछि बझाङमा भूकम्प

काठमाडाैँ । बझाङमा भूकम्प गएको छ । आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पश्चिम नेपाल ठूलो भूकम्पको उच्च जोखिममा रहेको भूगर्भविदहरु बताउँछन् । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *