मधेस सरकार विस्तार : कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस सरकार आज पुनः विस्तार भएको छ । सरकारमा सहभागी भएको नेपाली कांग्रेसका दुई र नेकपा एसको एक मन्त्रीले शपथ लिएका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्र कुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोबिन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका बसन्त कुशवाहाले सम्हालेका थिए । तर उनीबाट मन्त्रालय खोसेर नेकपा एसका न्यौपानेलाई दिएको छ ।

जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =