मधेश प्रदेश : लोसपा, माओवादी र जनमतको संयुक्त बैठक बस्यो

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सहमति विपरीत सरकार विस्तार गर्न खोजेपछि सत्तारुढ तीन दल एक ठाउँमा उभिएको छ ।

नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनमत पार्टीको संयुक्त बैठक जनकपुरधाममा सुरु भएको हो । माओवादी कहिबेर अगाडी मात्रै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । लोसपा सरकारमा सहभागी नै छैन । जनमत पार्टीलाई दिएको कृषि मन्त्रालय खोस्ने तयारी मुख्यमन्त्री यादवले गरेका छन् ।

मुख्यमन्त्री यादवले अपमानित गर्ने गरी जनमत पार्टीको तर्फबाट मन्त्री वसन्त कुशवाहकको कृषि मन्त्रालय खोसेको, काँग्रेस र नेकपा एसलाई आफूखुसी मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेपछि तीन दल आवश्यक छलफलका लागि अलग बैठक बसेको बुझिएको छ ।

लोसपा संसदीय दलका नेता अभिराम शर्माले केन्द्रमा भएको सहमति विपरीत मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न खोज्दा आवश्यक निर्णय गर्न लोसपा, माओवादी र जनमत पार्टीको बैठक बसेको बताए ।

उनले भने मुख्यमन्त्री बाहेक सबै मन्त्रालय खाली गर्ने सहमति भएको थियो । तर मुख्यमन्त्री यादवले सहमतिको उल्लङ्घन गरेका छन् । त्यसैले अब गर्ने विषयमा हामी छलफल गर्न बैठक बसेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *